राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त

काठमाडौँ : सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो ।

यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.