पोखरा महानगरले भत्कायो मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर

पोखरा : पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो।

यसैगरी महानगरले सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत भत्काएको छ। डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरी बनाएको वडा सदस्य परियारको एक तले घर पहिले भत्काएको थियो।

Advertisement

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन्। उनले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन्।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top