बाल्टिनको पानीमा डुबेर डेढ बर्षीया नाबालिकाको मृत्यु

बाल्टिनको पानीमा डुबेर डेढ बर्षीया नाबालिकाको मृत्यु

सुनसरी,पुस २४
सुनसरीको बर्जु गाउँपालिका–३ फारम चोकमा बाल्टिनको पानीमा डुबेर डेढ बर्षीय नाबालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो सवा ४ बजेको समयमा रंजित देहेडीको डेढ वर्षकी छोरीको बीस लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हो ।

घरमा एक्लै खेल्दै गरेको अवस्थामा उक्त बाल्टिन भित्र पसी डुबि मृत्यु भएको अवस्थामा आफन्तले फेला पारेका थिए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.