निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

धनगढी : निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ।

शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो।

निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो। ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.