प्रहरी हवल्दारमाथि गोली प्रहार

३ माघ ७५, बिहीबार
Share this
730shares

सप्तरी, माघ ३
सप्तरीमा बुधबार राति प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका यादवमाथि मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

Advertisement

गोलीले गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पठाइएको सप्तरी प्रहरीले जनाएको छ।

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा आएका समूहले राति ८ ः १५ बजे गोली प्रहार गरी बोदे बर्साइनतर्फ फरार भएको हुनसक्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।

Advertisement

घटनास्थलमा सशस्त्र समूह प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। खोजीकार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top