२४ घण्टामा १ नम्बर प्रदेशका ७ सय ६९ वटा सवारी साधनलाई कारबाही

५ माघ ७५, शनिबार

विराटनगर, माघ ५
माघ ४ गते बिहान देखि माघ ५ गते (आज)बिहान सम्म १ नम्बर प्रदेशका ७ सय ६९ सवारी साधनलाई कारबाही गरिएको छ । ४ गते बिहान ६ बजे देखि ५ गते विहान ६ बजे सम्म १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट सो परिणाममा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन् ।

Advertisement

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने २ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ३० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८० जना, सवारी चालक अनुमति पत्र नभएका ५१ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३८ जना, जथाभावी पार्किङ्ग गर्ने २५ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ४० जनालाई कारबाही गरिएको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ६ जना, सुरक्षा पेटी नबाधेको ९ जना, हेल्मेटको फिता नबाधेको ८ जना, कागज पत्र साथमा नराखेको १७८ जना, ट्राफिक ईशारा उल्लघंन गरेको १६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३२ जनालाई कारबाही गरिएको छ ।

Advertisement

त्यस्तै तीब्रगतिमा सवारी चलाएको २३ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १८ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३१ जना, लापरवाही साथ सवारी साधन चलाएको १४८ जना र विना रुट परमिट सबारी चलाएको २ जनालाई कारबाही गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top