दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सचेतनामुलक कार्यक्रम : साईकल चालकहरुलाई प्रशिक्षण

दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सचेतनामुलक कार्यक्रम : साईकल चालकहरुलाई प्रशिक्षण

विराटनगर, माघ ५
प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ६५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । जसमा १ हजार ४ सय ८ जनालाई सचेतनामुलक प्रशिक्षण दिनुका साथै ८५ प्रति पर्चा पम्प्लेट वितरण गरिएको छ ।

विराटनगर ४ स्थित साईकल चालकहरुलाई जम्मा पारी साईकल चलाउदा ध्यानदिनु पर्नेकुरा सम्बन्धी प्रशिक्षण गरिएको थियो । त्यस्तै ‘दुर्घटना घटाऔँ मान्छे बचाऔँ’ अभियानू अन्तर्गत बेलबारी–३ र ४पर्ने पुर्ब पश्चिम् लोकमार्ग स्थित सडकमा सवारी दुर्घटना बाट बच्न एवम् सम्भाबित दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी चालक एवम सम्पूर्ण सडक प्रयोग कर्ताहरूलाई जानकारी गराउनको लागि जानकारि मुलक होडिङ वोर्ड राखिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.