प्रदेश एकका ६ हजार ब्यक्तिलाई सिपमुलक तालिम दिइने

प्रदेश एकका ६ हजार ब्यक्तिलाई सिपमुलक तालिम दिइने

विराटनगर, माघ ५
सिपयुक्त दक्ष जनशक्ति स्वदेशमै उत्पादनका लागि तालिमको आयोजनाका लागि सरोकारवालाले सहकार्य गर्ने समझदारी गरेका छन् । उद्योग कलकारखाना र उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न भन्दै उद्योग संगठन मोरङ र सिटिइभीटिबीच शुक्रबार विराटनगरमा सम्झौता भएको छ ।

सिपयुक्त दक्ष जनशक्तिको अभाव खेपिरहेका उद्योगीको समस्या हलगर्न र स्वदेशमै रोजगार सृजनागर्ने उद्देश्यले प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटिइभिटी) र उद्योग संगठन मोरङबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे र सिटिइभिटिका सदस्य सचिव पुष्परमण वाग्लेले सहमति पत्रमा हस्ताक्षर गरे । सिटिइभिटिले कार्यान्वयन गर्नेगरि स्वीटजरल्याण्डको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा सिप परियोजनाले यस क्षेत्रका उद्योग ब्यवसायका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गर्नेगरि सो सम्झौता भएको हो ।

सिटिइभिटिका सदस्य सचिव पुष्परमण वाग्लेले चालु आर्थिक बर्षमा प्रदेश एकमा ६ हजार ब्यक्तिलाई सिपमुलक तालिम दिनुपर्ने लक्ष्य रहेको बताए । यस्तै प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले बदलिएको परिवेशमा सिप किन र केका लागि भनेर अध्ययन गरेरमात्र नयां परियोजनाहरु संचालन गरिनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.