विश्वका धनीको क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्याण्ड जाँदै

विश्वका धनीको क्लबमा नेपालको प्रवेश, बैठकमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्याण्ड जाँदै

काठमाडौं : संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ। स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागितता हो। लामो राजनीतिक अस्थितरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णिम अवसर भएको अर्थशास्त्रीहरुको भनाइ रहेको छ।

विश्वका धनी राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले प्रवेश पाउनु आफैंमा सकारात्मक भएको पूर्वअर्थसचिव डा. शान्तराज सुवेदी बताउँछन्।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.