विराटनगर, माघ ९
उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट मंगलबारदेखि सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरेको हो ।
प्रतियोगिता अन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज्ञान कुञ्जलाई २–० गोलमा पराजित गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । ग्रिनल्याण्डका मुकेश बोगटी र पेमा गुरुङले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा मेरिल्याण्ड कलेजले नेशनल एकेडेमीलाई ६–२ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डका सन्तोष चौधरीले ३ गोल, अनिष चौधरी, स्वीकार भट्टराई र समिर क्षेत्रीले १–१ गोल गरेका छन् । नेशनल एकेडेमीका बुद्धबल तामाङ र विक्रम राजवंशीले १–१ गोल गरे । म्यान अफ द म्याच मेरिल्याण्डका सन्तोष चौधरी भए ।
तेस्रो खेलमा बुद्ध अंग्रेजी बोर्डिङ स्कुलले शिक्षादीप कलेजलाई ३–१ गोल गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । बुद्धका विमल राजवंशी, राजीवकुमार खवास र विराजकुमार मुसहरले समान १–१ गोल गरे । शिक्षादीपका लागि राहुल चौधरीले गोल गरे । म्यान अफ द म्याच बुद्धका राजीवकुमार खवास भए ।
चौथो खेलमा कोसी कलेजले पथरीको एभरेष्ट कलेजलाई २–० गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच कोसीका पर्शु राई भए ।
त्यस्तै क्रिकेटतर्पm पहिलो खेलमा अर्डिक कलेजले सिटी कलेजलाई ५२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर सिटीले अर्किडलाई ब्याटिङको मौका दिएको थियो । अर्किडले ब्याटिङ थाल्दै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २० रन बनायो । जसमा मोहित अर्यालले ३२, रञ्जन पासवानले २२ र जस किशनले १४ रन बनाए । बलिङमा सिटीका सचिन साहले ३ विकेट लिए । १सय३ रनको विजयी लक्ष्य पाएको सिटीले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । जसमा विजय सहनीले १२, अर्जुन राजवंशी १२ र वीरेन्द्र राजवंशीले ११ रन बनाए । बलिङमा अर्किडका सिद्धार्थ ढकाल र मञ्जित कामले ३–३ विकेट लिए भने मोहित अर्यालले २ विकेट लिए । अर्किडका मोहित अर्याल म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले कोबास कलेजलाई १२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको ग्रिनल्याण्डले १५ ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रन बनायो । जसमा पिन्टु यादवले १५, सन्तोष गुप्ताले १३ र मिहिर मिश्रले १० रन बनाए । बलिङमा कोबासका इवाजत अली र दीपेन्द्र रायले ३–३ विकेट लिए । १सय २ रनको विजयी लक्ष्य पाएको कोबासले १४ ओभर ५ बलमा ८९ रनमै समेटियो । जसमा साहेल आलमले ४२, दीपेन्द्र रायले ११ र रितिकले १० रन बनाए । बलिङतर्फ ग्रिनल्याण्डका सिद्धार्थ यादवले ५ र मानस अधिकारीले ३ विकेट लिए । म्यान अफ द म्याच ग्रिनल्याण्डका सिद्धार्थ यादव भए ।
हिसान स्पोर्टस् मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्सका खेलमा मोरङका २४ कलेजको सहभागिता रहेको छ ।