महेन्द्रनगर : सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टका घृणित तथ्यहरु खुल्न थालेका छन् । विश्वविद्यालयको सेवा आयोगको सदस्य देखि हाल प्रिन्सिपल रहँदा सम्म दर्जनाैँ नेपाली समाजलाई अपाच्य र घृणित कार्यहरुको तथ्य दिन प्रतिदिन खुल्दै आएका छन् ।
मदिरा सेवन गरेर बिष्टले विभिन्न किसिमका उत्श्रृङ्खल गतिबिधी गर्दै आएको प्रत्यक्षदर्शी स्थानीयले बताए । बिष्टको केटीमोह समेत उच्च रहेको गोप्य स्रोतले बताएको छ । वि.स. २०७३ साल चैत्र महिनामा एक महिला संग आपत्ति जनक अवस्थामा प्रिन्सिपल बिष्ट फेला परेका थिए ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
चैत्रको महिनामा क्याम्पसबाट घरमा गइसकेपछि क्याम्पसकै एक कर्मचारी(….) महिला संग बिष्टकै आफन्तले(………) बन्दकोठामा आपत्ति जनक अवस्थामा फेला पारेका एक गोप्य स्रोतले बताएको छ ।
त्यस अवस्थामा प्रिन्सिपल बिष्ट र महिलालाई आफन्तले कोठामै थुनेको स्रोतको दाबी छ । त्यसबेला बिष्टलाई थुनेर कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गराउने योजना भए पनि उनि भाग्न सफल भएर महिनौ पछि क्याम्पस फर्केको समेत उक्त स्रोतले बताएको छ ।
दैनिक जसो मदिरा सेवन गरेर समाजमा नै असर पर्ने गरेर हो–हल्ला गर्ने र सामाजिक सञ्जालमा समेत आफ्नो मर्यादा भुल्दै जथाभावी लेख्ने अरुलाई जथाभाबी गाली गलौज गर्ने गरेको बिष्टकै सहकर्मीहरुले बताए ।
विश्वविद्यालयलाई पनि अरुको इसारामा चलाउन खोजेको प्राध्यापकहरुकै दाबी छ । जसले बेलुका दुई ‘प्याक’ खुवाउने गर्यो उसैलाई महत्व दिदै आएको बिष्टसंग लामो संगत भएको उनलाई नजिक बाट बुझ्ने सहकर्मीले बताए ।