चट्याङ लागेर एकै ठाउँमा चरिरहेका ५२ भेडा मरे

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् ।चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको हो ।,आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको भेडा व्यावसायिक राजेन्द्र रोकायाले बताए ।

भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । रोकायाले भेडापालन व्यवसाय आफ्नो र धामीको साझेदारी गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top