बाँदर समात्न पाँच लाख बजेट विनियोजन

१२ माघ ७५, शनिबार
Share this
691shares

सिन्धुपाल्चाेक : त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो ।

Advertisement

त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियाैँ,’ उनले भने, ‘तीन वटा कुकुर राखेर खेद्दा पनि केही लागेन ।’ उनी मात्र होइन, गापाका कृषकहरुले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्टाएको हो । याे समाचार  कान्तिपुरमा  छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top