×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

समयको ख्याल पत्रकारलाई छैन कि मुख्यमन्त्रीलाई ? मन्त्रीलाई नै पर्खाए एक घण्टा

विराटनगर, माघ १३

आजित भइसके विराटनगरका पत्रकार । यतिसम्म आक्रोशित कहिले पनि देखेको थिइन् । कुरा हो १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई तथा मुख्यमन्त्रीको कार्यालयको ।

Advertisement

मिति २०७५ माघ १३गते आइतबार बिहान । मेरो फेसबुक म्यासेञ्जरमा एउटा सूचना आयो । सूचना थियो ,१ नं प्रदेशका सामाजिक बिकास मन्त्रालयको ।

यस्तो थियो सूचना
आज ठीक ११ वजे माननीय मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सभाहलमा ‘स्वास्थ्य जीवन कार्यक्रम अन्तर्गत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सामाजिक विकास मन्त्रालय र सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली) बीचहुने द्विपक्षीय सम्झौता कार्यक्रममा उपस्थितिकालागि पत्रकार तथा मिडियाकर्मी महानुभावहरूमा अनुरोध छ ।


यो सूचनामलाई मात्र नभई , मोरङका हरेक पत्रकारको मोबाइल माग्यो । यसैलाई आधार मानेर सधै झै सबै पत्रकार , माथि उल्लेखित ठिक ११ बजे मुख्यमन्त्री राईको सभाकक्षमा मुख्यमन्त्रीको प्रतीक्षा गर्न सुरु गरे । करिब २० जना पत्रकार ठिक ११ बजे कार्यक्रमको प्रतीक्षा गरिरहदा, ठीक ११ बजे डायसमा एक जना पनि देखिएन ।

यता ,पत्रकार—पत्रकारबीच एक किसिमको गन्थन सुरु भइसकेको थियो । नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धरले भन्दै थिए । ए ठालुप्रसाद ११ बजेनकि क्या हो ? व्यङग्य गर्दै उनले फेरि भने माननीयहरु ९५ प्रतिशत मात्र कार्यक्रम सुरु भयो कि क्या हो ?


यति भन्दै गर्दा विराटनगरस्थित बीएफएमका पत्रकार नेत्र अधिकारीले भने , होइन हौ यो उदघोष दैनिकका मोहन भण्डारी कहाँ हुनुहुन्छ ? फेरी ठोक्ने भए मुख्यमन्त्री कार्यालयलाई । आज त मुख्यमन्त्री शेरधन राई ठीक १ घण्टा ढिलो हुनुभएको छ । 


यति सुन्दै मैले घडीतिर क्यामेरा तेस्र्याएँ । हो रै छ । ठिक १२ बजी सकेको थियो । रमाइलो त के थियो भने पत्रकारहरुले व्यङ्ग्यात्मक रुपमा मुख्यमन्त्रीले समयको ख्याल नगरेको कुरा गरिरहँदा , सामाजिक विकास मन्त्री जीवन घिमिरे र अतिथि सीताराम कट्टेल कुरा सुनेर मुस्कुराइरहेका थिए ।


यस बिषयमा थप बुझ्नका लागि मुख्यमन्त्री आज पनि किन ढिलो ? भन्ने बारे बुझ्न प्रयास गरें । सभाकक्षबाट बाहिर निस्के र तल हेल्प डेस्कतिर लागे । तर मुख्यमन्त्री कार्यालयको बिडम्बना नै भन्नु पर्छ हेल्प डेस्कमा एउटा पानीको बोलत बाहेक केही थिएन ।


समयबद्ध कामगर्न खोज्नेहरूका लागि यस्ता कार्यक्रममा जानु अनुत्पादक हँुदै गइरहेको छ । कार्यक्रममा गएपछि एउटा नयाँ प्रतिबद्धता गर्ने, कार्यक्रम समयमै सुरु गर्ने भन्दापनि समयको अपव्यय भएको मानिन थालेको छ । यस्तै जनगुनासा बढेको छ । ढिलो शुरु हुने कार्यक्रमहरूमा सबभन्दा बढी पत्रकार पीडित हुने गरेका छन् ।

कार्यक्रमको अध्यक्ष मुख्यमन्त्रीलाई भनेर बोलाइएको छ, मुख्यमन्त्री कति बजे आइपुग्छन्, आयोजकलाई पनि सही जानकारी नभएको देखियो ।, अनि नानाथरिको बहाना गरी अलमल्याउने काम शुरु हुन्छ र निधारित समय भन्दा एक—दुई घण्टा ढिलो गरी कार्यक्रम शुरु हुन्छ । यसरी लामो समय खर्चेर पनि पत्रकारहरू जाबो एउटा कार्यक्रमको समाचार लिएर फर्कन्छन् । एउटा क्रियाशील पत्रकारले आफू सम्बद्ध संस्थामा दिनभरिमा एउटा मात्र समाचार दिएर त पुग्दैन होलानि ।

समयको ख्याल नगर्दा डाइसमा धुर्मुस र सामाजिक विकास मन्त्रीमात्र

ठीक समयमा मुख्यमन्त्री राई कार्यक्रममा सहभागी नहुँदा दुइजनामै कार्यक्रम एक घण्टा ढिलो सुचारु भएको थियो । यस्ता स–साना त्रुटीले सामाजिक स्तरमा बिवाद र आलोचना समेत हुन थालेको छ । समयमै अतिथि नआँउदा स्वयम् आयोजकहरूलाई तनावको बिषयबन्ने गरेको छ । फलतः कार्यक्रमको गम्भीरता अनुसार छलफल हुनपाउँदैन । सम्प्रेषित गर्न खोजिएको कुरो क्रमबद्ध रूपमा बाहिर आउँदैन । सहभागीहरूले कार्यक्रमहरूबाट जसरी लाभ लिनुपर्ने हो, त्यो हुनपाउँदैन ।

पछिल्लो एक बर्षमा मुख्यमन्त्रीले पत्रकारहरुलाई गरेको व्यवहार

घटना १- मिति २०७५आश्विन २४

१ नं प्रदेशको राजधानीका विषयमा आएका समाचारहरुप्रति आक्रोसितहुँदै मुख्यमन्त्री शेरधन राईले पत्रकारमाथि शब्दबाण प्रहार गरेका थिए । १ नम्बर प्रदेशसभाको बर्खे अधिवेसन समापनका क्रममा बैठकमा बोल्दै मुख्यमन्त्री राई पत्रकारहरु माथि खनिएका थिए । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर पत्रकारहरु आफ्नो मर्यादाभन्दा तल झरेको मुख्यमन्त्री राईको आरोप थियो । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति मुख्यमन्त्री राईले आक्रोश पोखेका थिए । ‘न्यूनतम व्यावसायिक मर्यादालाई समेत ख्याल नगरी लेखेर प्रकाशित गर्ने काम भइरहेको छ’, मुख्यमन्त्री राईले भने, ‘वास्तवमै त्यो विषय त्यस प्रकारको सतहमा ल्याएर छलफल गर्ने तथा प्रकाशनमा ल्याउने विषय हैन ।’

घटना २- मिति २०७५पुस ४ गते

पुस ४ गते बुधबार पनि मुख्यमन्त्री राई नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश समितिले गरेको कार्यक्रमको प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा पनि उनी तोकिएको समयभन्दा दुई घण्टा ढिलो पुगेका थिए ।

घटना ३ मिति २०७५ माघ १३गते

१ नम्बर प्रदेश सरकारले आइतबार स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावनादुतका रुपमा सीताराम कट्टेललाई घोषणा गर्ने कार्यक्रम ठीक ११ बजेको लागि निर्धारण गरेको थियो । तर १२ बज्दा पनि मुख्यमन्त्री राईको अत्तो पत्तो थिएन । अन्ततः मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्रीको अनुपस्थितिमै कार्यक्रम सुचारु भएको थियो ।

कसले कार्यक्रक ढिलो गरि सुरु गर्छन् ? र यस्को समाधान के ?

कार्यक्रम ढिलो गरी शुरु गर्नेमा सरकारी कार्यालय , राजनीतिक दलहरूको कार्यक्रमहरू पनि प्रायजसो अव्यवस्थित देखिन्छ । गैरसरकारी सस्थाहरूका कार्यक्रमहरू पनि समयबद्धताको सवालमा त्यति प्रिय हुन सकिरहेका छैनन् ।

यसका लागि सर्वप्रथम सरकारी कार्यालयहरूले आफ्नो पहलमा हुने जुनसुकै कार्यक्रम ठीक समयमा शुरु गर्ने प्रतिबद्धता गर्नुप¥यो र त्यसको परिचालन सदरमुकाममा मात्र नभई गाउँ तहसम्म पु¥याउनु प¥यो । सरकारी र गैरसरकारी प्रयत्नहरूले समयमैं कार्यक्रम शुरु गर्ने सोच बलियो भयो भने त्यसको नैतिक दबाब राजनीतिकदलहरू माथि पर्छ । सकेसम्म उनीहरू पनि आफूलाई विस्तारै सुधार गर्दै लाने प्रयत्न गर्छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top