NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

समयको ख्याल पत्रकारलाई छैन कि मुख्यमन्त्रीलाई ? मन्त्रीलाई नै पर्खाए एक घण्टा

आइतवार माघ १३ , २०७५
Reading Time: 1 min read
A A
समयको ख्याल पत्रकारलाई छैन कि मुख्यमन्त्रीलाई ?  मन्त्रीलाई नै पर्खाए एक घण्टा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

विराटनगर, माघ १३

आजित भइसके विराटनगरका पत्रकार । यतिसम्म आक्रोशित कहिले पनि देखेको थिइन् । कुरा हो १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई तथा मुख्यमन्त्रीको कार्यालयको ।

मिति २०७५ माघ १३गते आइतबार बिहान । मेरो फेसबुक म्यासेञ्जरमा एउटा सूचना आयो । सूचना थियो ,१ नं प्रदेशका सामाजिक बिकास मन्त्रालयको ।

यस्तो थियो सूचना
आज ठीक ११ वजे माननीय मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सभाहलमा ‘स्वास्थ्य जीवन कार्यक्रम अन्तर्गत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सामाजिक विकास मन्त्रालय र सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली) बीचहुने द्विपक्षीय सम्झौता कार्यक्रममा उपस्थितिकालागि पत्रकार तथा मिडियाकर्मी महानुभावहरूमा अनुरोध छ ।


यो सूचनामलाई मात्र नभई , मोरङका हरेक पत्रकारको मोबाइल माग्यो । यसैलाई आधार मानेर सधै झै सबै पत्रकार , माथि उल्लेखित ठिक ११ बजे मुख्यमन्त्री राईको सभाकक्षमा मुख्यमन्त्रीको प्रतीक्षा गर्न सुरु गरे । करिब २० जना पत्रकार ठिक ११ बजे कार्यक्रमको प्रतीक्षा गरिरहदा, ठीक ११ बजे डायसमा एक जना पनि देखिएन ।

यता ,पत्रकार—पत्रकारबीच एक किसिमको गन्थन सुरु भइसकेको थियो । नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धरले भन्दै थिए । ए ठालुप्रसाद ११ बजेनकि क्या हो ? व्यङग्य गर्दै उनले फेरि भने माननीयहरु ९५ प्रतिशत मात्र कार्यक्रम सुरु भयो कि क्या हो ?


यति भन्दै गर्दा विराटनगरस्थित बीएफएमका पत्रकार नेत्र अधिकारीले भने , होइन हौ यो उदघोष दैनिकका मोहन भण्डारी कहाँ हुनुहुन्छ ? फेरी ठोक्ने भए मुख्यमन्त्री कार्यालयलाई । आज त मुख्यमन्त्री शेरधन राई ठीक १ घण्टा ढिलो हुनुभएको छ । 


यति सुन्दै मैले घडीतिर क्यामेरा तेस्र्याएँ । हो रै छ । ठिक १२ बजी सकेको थियो । रमाइलो त के थियो भने पत्रकारहरुले व्यङ्ग्यात्मक रुपमा मुख्यमन्त्रीले समयको ख्याल नगरेको कुरा गरिरहँदा , सामाजिक विकास मन्त्री जीवन घिमिरे र अतिथि सीताराम कट्टेल कुरा सुनेर मुस्कुराइरहेका थिए ।


यस बिषयमा थप बुझ्नका लागि मुख्यमन्त्री आज पनि किन ढिलो ? भन्ने बारे बुझ्न प्रयास गरें । सभाकक्षबाट बाहिर निस्के र तल हेल्प डेस्कतिर लागे । तर मुख्यमन्त्री कार्यालयको बिडम्बना नै भन्नु पर्छ हेल्प डेस्कमा एउटा पानीको बोलत बाहेक केही थिएन ।


समयबद्ध कामगर्न खोज्नेहरूका लागि यस्ता कार्यक्रममा जानु अनुत्पादक हँुदै गइरहेको छ । कार्यक्रममा गएपछि एउटा नयाँ प्रतिबद्धता गर्ने, कार्यक्रम समयमै सुरु गर्ने भन्दापनि समयको अपव्यय भएको मानिन थालेको छ । यस्तै जनगुनासा बढेको छ । ढिलो शुरु हुने कार्यक्रमहरूमा सबभन्दा बढी पत्रकार पीडित हुने गरेका छन् ।

कार्यक्रमको अध्यक्ष मुख्यमन्त्रीलाई भनेर बोलाइएको छ, मुख्यमन्त्री कति बजे आइपुग्छन्, आयोजकलाई पनि सही जानकारी नभएको देखियो ।, अनि नानाथरिको बहाना गरी अलमल्याउने काम शुरु हुन्छ र निधारित समय भन्दा एक—दुई घण्टा ढिलो गरी कार्यक्रम शुरु हुन्छ । यसरी लामो समय खर्चेर पनि पत्रकारहरू जाबो एउटा कार्यक्रमको समाचार लिएर फर्कन्छन् । एउटा क्रियाशील पत्रकारले आफू सम्बद्ध संस्थामा दिनभरिमा एउटा मात्र समाचार दिएर त पुग्दैन होलानि ।

समयको ख्याल नगर्दा डाइसमा धुर्मुस र सामाजिक विकास मन्त्रीमात्र

ठीक समयमा मुख्यमन्त्री राई कार्यक्रममा सहभागी नहुँदा दुइजनामै कार्यक्रम एक घण्टा ढिलो सुचारु भएको थियो । यस्ता स–साना त्रुटीले सामाजिक स्तरमा बिवाद र आलोचना समेत हुन थालेको छ । समयमै अतिथि नआँउदा स्वयम् आयोजकहरूलाई तनावको बिषयबन्ने गरेको छ । फलतः कार्यक्रमको गम्भीरता अनुसार छलफल हुनपाउँदैन । सम्प्रेषित गर्न खोजिएको कुरो क्रमबद्ध रूपमा बाहिर आउँदैन । सहभागीहरूले कार्यक्रमहरूबाट जसरी लाभ लिनुपर्ने हो, त्यो हुनपाउँदैन ।

पछिल्लो एक बर्षमा मुख्यमन्त्रीले पत्रकारहरुलाई गरेको व्यवहार

घटना १- मिति २०७५आश्विन २४

१ नं प्रदेशको राजधानीका विषयमा आएका समाचारहरुप्रति आक्रोसितहुँदै मुख्यमन्त्री शेरधन राईले पत्रकारमाथि शब्दबाण प्रहार गरेका थिए । १ नम्बर प्रदेशसभाको बर्खे अधिवेसन समापनका क्रममा बैठकमा बोल्दै मुख्यमन्त्री राई पत्रकारहरु माथि खनिएका थिए । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर पत्रकारहरु आफ्नो मर्यादाभन्दा तल झरेको मुख्यमन्त्री राईको आरोप थियो । प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति मुख्यमन्त्री राईले आक्रोश पोखेका थिए । ‘न्यूनतम व्यावसायिक मर्यादालाई समेत ख्याल नगरी लेखेर प्रकाशित गर्ने काम भइरहेको छ’, मुख्यमन्त्री राईले भने, ‘वास्तवमै त्यो विषय त्यस प्रकारको सतहमा ल्याएर छलफल गर्ने तथा प्रकाशनमा ल्याउने विषय हैन ।’

घटना २- मिति २०७५पुस ४ गते

पुस ४ गते बुधबार पनि मुख्यमन्त्री राई नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश समितिले गरेको कार्यक्रमको प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा पनि उनी तोकिएको समयभन्दा दुई घण्टा ढिलो पुगेका थिए ।

घटना ३ मिति २०७५ माघ १३गते

१ नम्बर प्रदेश सरकारले आइतबार स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावनादुतका रुपमा सीताराम कट्टेललाई घोषणा गर्ने कार्यक्रम ठीक ११ बजेको लागि निर्धारण गरेको थियो । तर १२ बज्दा पनि मुख्यमन्त्री राईको अत्तो पत्तो थिएन । अन्ततः मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्रीको अनुपस्थितिमै कार्यक्रम सुचारु भएको थियो ।

कसले कार्यक्रक ढिलो गरि सुरु गर्छन् ? र यस्को समाधान के ?

कार्यक्रम ढिलो गरी शुरु गर्नेमा सरकारी कार्यालय , राजनीतिक दलहरूको कार्यक्रमहरू पनि प्रायजसो अव्यवस्थित देखिन्छ । गैरसरकारी सस्थाहरूका कार्यक्रमहरू पनि समयबद्धताको सवालमा त्यति प्रिय हुन सकिरहेका छैनन् ।

यसका लागि सर्वप्रथम सरकारी कार्यालयहरूले आफ्नो पहलमा हुने जुनसुकै कार्यक्रम ठीक समयमा शुरु गर्ने प्रतिबद्धता गर्नुप¥यो र त्यसको परिचालन सदरमुकाममा मात्र नभई गाउँ तहसम्म पु¥याउनु प¥यो । सरकारी र गैरसरकारी प्रयत्नहरूले समयमैं कार्यक्रम शुरु गर्ने सोच बलियो भयो भने त्यसको नैतिक दबाब राजनीतिकदलहरू माथि पर्छ । सकेसम्म उनीहरू पनि आफूलाई विस्तारै सुधार गर्दै लाने प्रयत्न गर्छन् ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.