अब पाँच वर्षभित्रै सबैलाई रोजगारी, काेही पनि बाध्यताले विदेश जानु नपर्ने

काठमाडौं : आगमी पाँच वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानु नपर्ने भएको छ। रोजगारी अभिवृद्धिका लागि सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आएपछि अबको ५ वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानुनपर्ने भएको हो।, याे खबर राजधानी दैनिकमा छ।

Advertisement

यसका लागि सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा रोजगार सम्योजक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रम जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन सबै स्थानीय तहमा रोजगार संयोजकको नियुक्ति अगाडि बढाएको हो। पहिलो चरणमा प्रदेश ३ बाट यो कार्यक्रम शुभारम्भ गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

Advertisement

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालू आर्थिक वर्षका सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। रोजगार संयोजक नियुक्तिका लागि सरकराले यही ४ माघमा आवेदन माग गरेको थियो, आवेदन दिने अन्तिम म्याद आगामी शुक्रबारसम्म मात्र रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top