स्वदेशी उद्याेगले कामदारै नपाउने समस्या, १ लाख ५० हजार जनशक्ति व्यवस्थापन गर्न अनुरोध

स्वदेशी उद्याेगले कामदारै नपाउने समस्या, १ लाख ५० हजार जनशक्ति व्यवस्थापन गर्न अनुरोध

काठमाडौं : स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ।

खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले एक लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्। मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन्।

स्वदेशको रोजगारी छाडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न सकेका छैनन्। हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ।

इँटा उद्योगले प्रतिमहिना ३० हजार दिने जनाए पनि २० हजार रुपैयाँ मात्र बचत हुने वैदेशिक रोजगारीका लागि विदेश नै जाने प्रवृत्ति बढ्दो रहेकाे छ ।

थोरै कमाइ भए पनि विदेश नै जाने क्रम बढ्दै गइरहेका कारण स्वपदेशमा रोजगारीको अवसर बढे पनि नेपाली युवा यस्ता क्षेत्रमा काम गर्न नरुचाउने रोजगारदाताको गुनासो छ।, आजकाे काराेबार दैनिकमा समाचार छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.