पूर्वका ट्रिपर ब्यवसायी आन्दोलित, विराट चौकदेखि विराटनगरसम्म ट्रिपर ¥याली गर्ने

१५ माघ २०७५, मंगलबार
Share this
831shares

विराटनगर, माघ १५
मोरङको सुन्दरहरैचामा सोमबार विहान ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यूपछि आधा दर्जन ट्रिपरमा आगजनी भएपछि पूर्वाञ्चल टिपर ब्यवसायी संघ आन्दोलित भएको छ ।

Advertisement

संघ प्रशासनविरुद्ध चरणवद्ध आन्दोलन उत्रिएको हो । मंगलबार मोरङको केराबारी गाउँपालिकामा बसेको संघको बैठकले विभिन्न बुदाँमा छलफल गर्दै प्रशासनविरुद्ध आन्दोलनमा अघि बढ्ने निर्णय गरेको संघका अध्यक्ष गोपाल कार्कीले बताए ।

उनीहरुले आन्दोलन अन्र्तगत बुधबार र विहीबार सम्पूर्ण ट्रिपर ग्यारेजमा थन्काउने निर्णय गरेका छन् । त्यसैगरि शुक्रबार विरोध स्वरुप ब्यवसायीहरुले विराटचौकस्थित खोर्सानेबाट विराटनगरको रोडषेश चौकसम्म ट्रिपर ¥यालीको आयोजना गर्ने भएका छन् ।

Advertisement

सोमबार बिहान घटना भएको करिब डेढ घण्टापछि स्थानीयले ट्रिपरमा आगो लगाउदाँसमेत सुरक्षाकर्मीले रोक्न प्रयास नगरेको आरोप ब्यवसायीले लगाएका छन् ।

उनीहरुले ट्रिपर सञ्चालनमा लगाइएको रोकको समय फुकुवा हुनुपर्ने पनि माग गरेका छन् । सोमबार सुन्दरपुरहरैंचामा ११ वर्षिया बालिका लक्ष्मी ढकालको ट्रिपरको ठक्करबाट मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top