×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

विराटनगर बस टर्मिनल आजदेखी सञ्चालनमा

विराटनगर, माघ १६
नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विराटनगर– ११ मा स्थित पुरानो बसपार्कलाई भत्काएर निर्माण गरिएको सो बस टर्मिनलको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज एक समारोहका बिच उद्घाटन गरे ।

सो अबसरमा बोल्दै मुख्यमन्त्री राईले संकल्प गर्ने हो भने विकास निर्माणका तोकिएको काम समयमै पुरा हुने उदाहरण विराटनगर महानगरपालिकाले प्रस्तुत गरेको भन्दै निर्माण कार्यको प्रसंसा गरेका छन् । उनले तोकिएकै समयमा विराटनगर बस टर्मिनल निर्माण सकेर महानगरले नमुना कार्य गरेको दावी गरे ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले कुनैपनि विकास निर्माणका काम गुणस्तरमा आधारित हुनुपर्ने बताउँदै पूर्वाधारहरुको सहि सदुपयोग गरिनुपर्ने बताए । उनले संरचनाहरु निर्माण पश्चात त्यसलाई टिकाईरहन चुनौति रहेको भन्दै टिकाउका लागि सवै पक्षले ध्यान दिनुर्पे बताए । मुख्यमन्त्री राईले विराटनगरमा प्रादेश स्तरको वसपार्क आवश्यक रहेको रहेको बताउँदै प्रादेशिक बसपार्क निर्माणकार्य सुरु गरिहाल्नुपर्ने बताए ।

कार्यक्रममा नगर विकास कोषका अध्यक्ष धु्रब रिजालले नव निर्मित बस टर्मिलन व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निजि क्षेत्रलाई ठेक्का दिनुपर्ने सुझाव दिए । उनले सो बस टर्मिलनमा शयन कक्ष लगायतका केही कक्ष थपिनु पर्ने बताउँदै त्यसका लागि नगर विकास कोष सहयोगका लागि तयार रहेको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवन सहित पुर्व क्षेत्रकै नमुनाको रुपमा ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने बताए ।

उनले पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको जानकारी दिए ।

उनले नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले बस टर्मिनल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएकोमा तोकिएकै समयमा सो कम्पनीले काम पुरा गरेको बताए ।

कार्यक्रममा १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरे, १ नं. प्रदेश विपक्षि दलका प्रमुख सचेतक केदार कार्की, संघिय समावादी फोरम नेपलका संसदीय दलका नेता जयराम यादव, प्रदेशसभा सदस्य विन्दिया कार्की, जिल्ला समन्वय समिति मोरङका सभापति नरेस पोखरेल लगायतले व्यवस्थित वसटर्मिनल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका थिए । आजबाट सञ्चालनमा ल्याईएको बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुनेछन ।

पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने जनाईएको छ । साउन महिनाको पहिलो सातानै निर्माण सम्पन्न गरेर निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले महानगरपालिकालाई जिम्मा लगाएपनि महानगरको ढिला सुस्ति र छ लेन सडकले निर्माण गर्ने ढलका कारण बस टर्मिनल सञ्चालनमा आउन सकेको थिएन ।

बस टर्मिनल सञ्चालनसँगै वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले राहत पाउने आशा गरिएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top