एजेन्सी, माघ १६
प्रतिष्ठित खेल मिडिया ‘अल फुटबल’ले गरेको ‘पावर र्याङकिङ’अनुसार यूरोपका विभिन्न लिगका ५ क्लबलाइ सर्बाधिक शक्तिशाली क्लबको स्थान दिएको छ । सो मिडियाले जनवरी महिनाका लागि र्याङकिङ सार्वजनिक गरेको छ । उसले क्लबहरूको प्रदर्शन, नतिजाका आधारमा पावर र्याङकिङ गर्ने गर्छ ।
तर , यसपाली भने र्याङकिङमा पहिलो स्थानमा युभेन्टस आउन सफल भएको छ । हालसालै सुपर कोपा इटालियाको उपाधि जितेको, च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गर्दै लिगमा अपराजित युभेन्टसले ६३४ अंक सहित पहिलो स्थान ओगट्न सफल भएको छ ।
त्यसैगरी, दोस्रो स्थानमा कूल ६३३ अंक सहित पूर्व ला-लिगा बिजेता तथा तत्कालको लालिगाको पहिलो नम्बरमा रहेको बार्सिलोना पर्न सफल भएको छ । तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छ । सिटीले ६३० अंक पाएको छ । त्यसगरी, प्रिमियर लिग टोली लिभरपुल ६२८ अंकसहित चौथोमा रहँदा चेल्सी ६२३ अंकसहित पाँचौंमा छ ।
त्यसैगरी, म्यानचेस्टर युनाइटेड ६१९ अंकसहित छैटौंमा रहँदा टोटनह्याम ६१६ अंकसहित सातौंमा छ । आठौं स्थानमा ६१४ अंक भएको पिएसजी रहेको छ ।
नवौं नम्बरमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड ६१२ अंकसहित रहँदा १०औं नम्बरमा स्पेनिस रियल मड्रिड ६०८ अंकसहित रहेको छ ।