गिरोनालाइ पराजित गर्दै बार्सिलोनासंगै रियल पुग्यो कोपा-डेलरेको सेमी-फाइनलमा, यस्तो छ नयाँ ड्र

गिरोनालाइ पराजित गर्दै बार्सिलोनासंगै रियल पुग्यो कोपा-डेलरेको सेमी-फाइनलमा, यस्तो छ नयाँ ड्र

एजेन्सी, माघ १८
रियल मड्रिडले जिरोनालाई कुल ७–३ को अन्तरले पराजित गर्दा रियलका मुख्य स्ट्राइकार क्रिम बेन्जेमाले दुवै हाफमा १-१ गोल गरेसी रियल अगाडी बढ्न सफल भएको हो । गिरोनाली एक गोल फर्काएपनी त्यो जितको लागि प्रयाप्त भएन । अन्त्यमा रियलका लोरेंतेले निर्णायक गोल गरेर अन्तिम आठमा सबैभन्दा फराकिलो नतिजा रियल मड्रिडले निकाल्यो ।

अन्तिम चारमा बार्सिलोना, रियल मड्रिड, रियल बेटिस र भ्यालेन्सिया पुगेका छन् । अन्तिम आठमा भ्यालेन्सियाले गेटाफेलाई समग्रमा ३–२ ले हराउँदा बेटिसले इस्पान्योललाई ४–२ ले हराएको थियो ।

त्यसैगरी, बार्सिलोनाले सेभिल्लालाई ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।

स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे फुटबलमा आज सेमिफाइनलको ड्र हुँदैछ । आयोजक रोयल स्पेनिस फुटबल फेडेरेसनले आज स्पेनमा अन्तिम चारको ड्र गर्दैछ । ड्र नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

अन्तिम चारमा साबिक विजेता बार्सिलोनाले भ्यालेन्सिया प्रतिस्पर्धी पाउने सम्भावना छ । त्यसैगरी, रियल मड्रिडले रियल बेटिस प्रतिस्पर्धी पाउन सक्छ ।

बार्सिलोना साबिक विजेता हो । उसले पछिल्ला चार सिजन लगातार कोपाको उपाधि जितेको छ । यसपटक बार्सिलोना र रियल मड्रिडलाई उपाधि दाबेदार मानिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.