डा. केसीले तोडे अनसन, विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता

१८ माघ २०७५, शुक्रबार
Share this
726shares

काठमाडौँ, माघ १८
इलामबाट सुरु भएको प्रा. डा. गोविन्द केसीको १६ औँ अनसन २४ औं दिनमा स्थगित भएको छ । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका छन् ।

Advertisement

उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ स्थगित गर्ने निर्णय गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top