नेतृत्वले नैतिकता गुमाउदा संसदमा कांग्रेस कमजोर : कोइराला

१९ माघ ७५, शनिबार
Share this
707shares

विराटनगर, माघ १९
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् ।

Advertisement

नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्रश्न गर्ने अधिकार कसैलाई नहुने जिकिर गरे । कोइरालाले कांग्रेसमा अहिले नैतिकता, इमान्दारिता र संस्कारको खडेरी परेको टिप्पणी गरे ।

उनले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गरे । उनले मुलुकमा भ्रष्टाचार, महँगीसँगै बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए ।

Advertisement

कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफ्ना गल्ती र कमजोरीहरू सधैं औंल्याइदिन आग्रह गरे । उनले आफ्नो क्षेत्रमा सडक निर्माण, रंगशाला, सामुदायिक भवन, बाल उद्यान निर्माण गर्ने योजना साथ अघि बढेको उल्लेख गरे । महानगरका मेयर भीम पराजुलीले विकासमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top