मनमोहनमा ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु

२० माघ २०७५, आइतबार
Share this
725shares

विराटनगर, माघ २०
मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको छ ।

Advertisement

मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको आयोजनामा सो कलेजमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको हो ।

Advertisement

वर्तमान समयमा सुचना र प्रविधिको सहि प्रयोगबाट जटिल कामहरु पनि रोवटका माध्यमद्धारा सहज तरिकाले गर्न सकियोस् भन्ने उदेश्यले हप्तादिनको तालिम आयोजना गरिएको हो । तालिम सैद्धान्तिक ज्ञानलाई व्यवारीक रुपमा प्रयोगमा ल्याउन, इन्जिनियरिङ्ग समाग्रीहरु उचित पहिचान र विद्यार्थीको फाइनल बर्षका लागि प्रोजेक्ट निर्माणमा सहयोगी हुने पोलिटेक्निकका सुचना प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।

Advertisement

तालिममा सो इन्स्टीच्यूटमा अध्ययनरत बिद्यार्थी र सम्वन्त्रीत विज्ञहरुको सहभागिता रहेको छ । यसैबिच इन्स्टीच्यूटले अध्यनरत विद्यार्थीहरुका अभिभावकहरुसँग भेटघाट तथा अन्तरकृया गरेको छ । पोलिटेक्निकले नियमित रुपमा अभिभावकहरुसँग समय समयमा अन्तरकृया गर्दै आएको सुचना प्रमुख चौधरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top