कञ्चनपुर : भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३÷१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि सुरु गरेको हो । स्थानीय दीपक तिमल्सिनाले भारतीय प्रहरीको सुरक्षाबीच डोजर लगाएर धमाधम नाली खन्ने काम भइरहेको बताए ।