समाजसेवी डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

२० माघ ७५, सोमबार

विराटनगर, माघ २१
नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मा दम्पतीलाई मोरङको पथरीशनिश्चरेमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पथरीशनिश्चरे–९ पुलचौकमा डा.शर्मा र उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मानसहित अभिनन्दन गरिएको हो ।

Advertisement

डा.शर्माले सो क्षेत्रका बासिन्दाको सहजताका लागि करिव ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरेर स्थानीय त्रिपुरेश्वर शिवपञ्चायन मन्दिर व्यवस्थापन समितिलाई प्रदान गरेका छन् । एम्बुलेन्स प्रदान गरिएपछि एम्बुलेन्स सेवा उद्घाटनसहित दातालाई नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरी शर्मा दम्पतीलाई अभिनन्दित गरिएको हो ।

Advertisement

 

मन्दिर व्यवस्थापन समितिको अगुवाईमा भएको अभिनन्दन कार्यक्रममा सो क्षेत्रका सयौं सर्वसाधरण सहभागि थिए । बालबालिकादेखि बृद्धबृद्धासम्मले उनीह?लाई फूलमाला, अविर, दोसल्ला र खादा लगाएर अभिनन्दन गरेका हुन् । सोही क्रममा स्थानीयबासीको तर्फबाट जेष्ठ नागरिक शेरबहादुर राईले डा.शर्मालाई अभिनन्दनपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरे ।

Advertisement

कार्यक्रमकमा डा.शर्माले रिवन काटेर एम्बुलेन्स सेवा पनि उद्घाटन गरेका थिए । यसैबीच कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले गाउँ–गाउँका बिरामीलाई सहजताका लागि एम्बुलेन्स प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिंदै अब मोरङका २६ वटा वडामा एम्बुलेन्स दिने घोषणासमेत गरे ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र लिम्बुले समाजसेवाका क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका डा.शर्मालाई अभिनन्दन गर्न पाउँदा पथरीशनिश्चरेवासीलाई खुसी लागेको बताए । डा.शर्माले एम्बुलेन्स प्रदान गरेपछि गाउँ–गाउँका बिरामीलाई उपचारका लागि अस्पताल लैजान सहज भएको भन्दै स्थानीयबासी हर्षित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top