एजेन्सी, माघ २३
३० जनवरीमा पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेय एयर गनले महात्मा गान्धीको पुत्लामा गोली हानेका थिए । यसलाई लिएर १२ जनाविरुद्ध अलीगढमा मुद्दा दायर भएको छ ।
दिल्लीबाट नोयडा प्रवेश गर्ने क्रममा पुलिसले उनीहरुलाई पक्राउ गरेका थिए । अखिल भारत हिन्दु महासभाका सचिव रहेकी पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेयले महात्मा गान्धीको पुत्लालाइ गोलि हानेको तस्बिर सामाजिक संजालमा भाइरल भएपछी उनीहरु एकाएक गिरफ्तारी भएका थिए ।
