सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटिएपछि…………

काठमाडौँ : नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ ।टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन् । फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ ।’

‘आफ्नै मोबाइल काटिँदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमान्दारीसाथ काम गर्नुहोस्,’ उनले थपे ।विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो, आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Advertisement

यसअघि मन्त्रीको शपथ खानासाथ वर्षौँदेखि शुल्क नतिरी बसेको प्रधानमन्त्री कार्यालय र आफ्नै मन्त्रालयको फोनको २५ लाख र ८ लाख तिराएपछि मात्र लाइन खोल्न उनले लगाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top