मौसम पूर्वानुमान : तीन दिनसम्म देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपात

मौसम पूर्वानुमान : तीन दिनसम्म देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहिबार काठमाडौँ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहिबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.