कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी

कमाइमा रोनाल्डोलाई उछिन्दै शीर्ष स्थानमा मेस्सी

एजेन्सी, माघ २५
विश्वको उत्कृष्ट फुटबल खेलाडी मेस्सी कि रोनाल्डो भन्ने बहस विश्व फुटबलमा कायमै हुँदा पछिल्लो पटक कमाइको मामलामा भने लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले एक महिनाको सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् । जुन युभेन्टसले रोनाल्डोलाई दिने रकमभन्दा झण्डै दोब्बर रकम हो । फ्रान्सेली न्यूज एजेन्सीले सार्वजनिक गरेको उत्कृष्ट १० खेलाडीको तलबमा तीन देशबाट व्यवसायिक फुटबल खेलिरहेका खेलाडी नै छन् । जसमा स्पेन, फ्रान्स र इटली रहेका छन् । जसअनुसार मेस्सीले सात दशमलब तीन मिलियन पाउण्ड पाउने गरेका छन् भने रोनाल्डोलाई युभेन्टस्ले महिनाको चार दशमलब एक मिलियन पाउण्ड दिने गरेको छ । तेस्रो स्थानमा एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान रहेका छन । ग्रिजम्यानले महिनाको दुई दशमलब नौ मिलियन पाउण्ड तलब पाउने गरेका छन । यस्तै पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका नेइमारले महिनाको दुई दशमलब सात मिलियन पाउण्ड पाउँछन् भने बार्सिलोनाका कै अर्का खेलाडी लुइस स्वारेजले महिनाको दुई दशलमब पाँच मिलियन पाउण्ड कमाउँछन् । यस्तै रियल मड्रिडका ग्यारेथ बेलले महिनाको दुई दशलमब दुई मिलियन पाउण्ड थाप्दा फिलिप कोउन्टिन्होले दुई मिलियन तलब पाउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.