नोबेलले अप्रेशन गरेर निको पा¥यो १८ बर्षदेखिको छारे रोग

२५ माघ ७५, शनिबार

बिराटनगर, माघ २६
१८ बर्ष अघि देखि छारे रोगबाट पीडित नवलपरासीका २५ बर्षीय विशाल चापागाँईलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालले अप्रेशन गरेर निको पारेको छ । सामान्यतया छारे रोगीहरुले लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका हुन्छन् । तर, अहिले अप्रेशनको माध्यमबाट पनि छारे रोग निको पार्न थालिएपछि छारे रोगीले नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता हटेको छ ।

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन, डा.प्रकाश काफ्ले लगायत चिकित्सकहरुको टोलीले अप्रेशन गरेर बरदाघाट–४ नवलपरासीका चापागाँईको छारे रोग निको पारेपछि उनको परिवारमा अहिले खुशीयाली छाएको छ ।

छोराको अप्रेशन सफल भएर निको भएपछि आमा वासना चापागाँईका आँखामा हर्षका आँसु छचल्किए । । विशाललाई उपचारका लागि नेपाल र भारतका करिव १५ वटा अस्पताल पुर्याइयो । अस्पतालको उपचार मात्र नभएर जडिबुटी र धामिझाँक्रीको भरमा पर्दा पनि रोग जस्ताको तस्तै रहेपछि उनीहरु आजित भईसकेका थिए ।

Advertisement

नोबेल अस्पतालमा भेटिएका विशालका बुवा रुद्रप्रसादले विगतको पीडा सुनाउँदै भने ‘छोरालाई निको पार्न हदसम्म उपाय गरियो, जसले जे भन्छ त्यही गर्दै जादा ३० लाख भन्दा बढी खर्च भयो । तर, धन्न नोबेलमा आईपुगेर छोरा ठीक भयो ।’ अन्त केही सिप नलागेर अन्तिममा नोबेल अस्पताल ल्याईएका विशाललाई नोबेलमा अप्रेशनको माध्यमबाट निको पारिएको हो ।

Advertisement

अप्रेशनको माध्यमबाट छारे रोग निर्मुल पार्न थालिएकाले अब नियमित औषधि सेवन गरी रोग पालेर नबस्न छारे रोगीहरुलाई नोबेल अस्पतालका न्यूरो सर्जन डा.प्रकाश काफ्लेको सुझाव छ । दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको नोबेलले अत्यन्तै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top