सिए परीक्षामा बोर्ड प्रथम मेरिल्याण्डकी प्रणाशा सम्मानित

सिए परीक्षामा बोर्ड प्रथम मेरिल्याण्डकी प्रणाशा सम्मानित

विराटनगर, माघ २६
चार्टर्ड एकाउन्टेन्सी(सिए) परीक्षामा बोर्ड प्रथम भई गोल्ड मेडल प्राप्त गर्न सफल विराटनगरको मेरिल्याण्ड एप्लाईड केरियर एकेडेमीकी छात्रा प्रणाशा श्रेष्ठलाई कलेजले शनिबार नगदसहित सम्मान गरेको छ । २२ वर्षे सिए इतिहासमै काठमाडौँबाहिर पहिलोपल्ट सिए परीक्षामा बोर्ड प्रथम भएकी उनलाई शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा नगद २५ हजार रुपैँयासहित सम्मान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइराला र एकेडेमीका अध्यक्ष मोहनप्रसाद सुवेदीले बैँक चेक र प्रशंसापत्र प्रदान गरे । उपकुलपति कोइराला, अध्यक्ष सुवेदी तथा कार्यक्रममा उपस्थित अतिथी क्याम्पसका सञ्चालक, शिक्षक र सहपाठीहरुले प्रणाशा मेहनतका कारण नै सफल भएको बताउँदै भविष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

सम्मानित ब्यक्तित्व प्रणाशाले घरपरिवार तथा एप्लाईड एकेडेमी परिवारको साथ र सहयोगका कारण आफू सो स्थान हाँसिल गर्न सफल भएको बताउँदै भविष्यमा अझ मेहनेत गरेर अगाडि बढ्ने बताईन् ।

गत जुन २०१८ मा सञ्चालित क्याप २ तहको परीक्षामा बोर्ड प्रथम भएकी प्रणाशाले विराटनगरको केभीएम स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरेकी थिईन् भने प्लस २ पनि मेरिल्याण्ड कलेजबाट विशिष्ट श्रेणीमै उर्तीण भएकी थिईन् ।उनी यसअघि अर्थमन्त्री डा.युवराज खतिवडा तथा विभिन्न संघ संस्थाबाट सम्मानित भईसकेकी छिन् ।

सिए कोर्स गर्न काठमाडौ बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सिएको अध्यापन थालेको विराटनगरस्थित एप्लाईडमा ताप्लेजुङ, पाँचथर, इलाम, धनुषा, महोत्तरी लगायत २० जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन । एप्लाईडमा चार वर्षे एकाउन्टेन्सी कोर्स, १८ महिने एकाउन्टिङ टेक्निसियन तथा विभिन्न कर, लेखा, ब्यवसायिक एवम् पेशागत तालिमहरु सन्चालन हुँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.