विराटनगर, माघ २७
विराटनगरमा आयोजना गरिएको विराट आर्ट फेयर २०७५ को दोश्रोदिन चित्रकला प्रर्दशनी गरिएको छ । चित्रकलालाई संरक्षण र प्रबद्र्धनगर्ने उद्धेश्यले आयोजित दुइदिने आर्ट फेयरको अन्तिम दिन कलाकारहरुद्वारा सृजित नयाँ तथा यसअघिका चित्रहरु राखेर प्रर्दशनी आयोजना गरिएको हो ।
लायन्स क्लब अफ विराटनगर योङ्ग हर्टको सहयोग र ललितकला संगमको आयोजनामा भएको कार्यशाला तथा प्रर्दशनीमा सहभागि भएका ३० जना कलाकारसहित अन्य कलाकारका समेतगरि २ सय बढी चित्रकला प्रर्दशनीमा राखिएको विराटनगर योङ्ग हर्टका अध्यक्ष सनातन मण्डलले जानकारी दिए । प्रर्दशनीमा राखिएका चित्रहरु ४ हजारदेखि २५ हजार मूल्यसम्ममा विक्री भएका छन । प्रदेश एकका चित्रकारहरुलाई विराटनगर थीम दिएर चित्र सृजनागर्न अनुरोध गरिएको आयोजकले जनाएको छ ।