विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोवार

विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोवार

विराटनगर, माघ २८
स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले गत माघ ९ गतेदेखि विराटनगरमा सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा तीनसातामा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको छ ।

विराटनगरको मेनरोडमा गएको माघ ९ गतेबाट शुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २० दिनमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको मेला आयोजक समितिले जनाएको छ । मेला संयोजक होमनाथ उपाध्यायले २० दिनको अवधिमा १ करोड मूल्य बराबरको ३५ हजार जोर जुत्ताचप्पल विक्री भएको बताए ।

उनले स्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढ्दो रहेको समेत बताए । मेलामा सहभागि देशभित्रका १० वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन विक्री गरिरहेका छन ।

जुत्ता चप्पल मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.