इटहरी, माघ २९
नजिकिँदै गरेको प्रेमदिवस अर्थात (भ्यालेन्टाइन डे)लाई लक्षित गरी सुनसरीको इटहरीमा प्रि भ्यालेन्टाइन्स रेड कार्पेट फेशन सो हुने भएको छ ।सो कार्यक्रम इटहरी स्थित इम्पेरियल लाउन्जमा आज बेलुका ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा र्याम्पमा २० मोडलहरुलाई उर्तान लागिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नायिका केकी अधिकारी र बेनिशा हमाल रहने छन् ।
कार्यक्रमका कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमका अनुसार फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतारिने छ ।
उक्त कार्यक्रममा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने छ ।कार्यक्रममा डिजे रेजिना याख्खा, सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुको गायन रहने छ भने ड्रेस डिजाइनमा क्लासिक कर्भ र द आउटलेट रहने जनाइएको छ । कार्यक्रम म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गर्नेछ ।