इटहरीमा भव्य ‘प्रि भ्यालेन्टाइन्स रेड कार्पेट’ हुँदै

इटहरीमा भव्य ‘प्रि भ्यालेन्टाइन्स रेड कार्पेट’ हुँदै

इटहरी, माघ २९
नजिकिँदै गरेको प्रेमदिवस अर्थात (भ्यालेन्टाइन डे)लाई लक्षित गरी सुनसरीको इटहरीमा प्रि भ्यालेन्टाइन्स रेड कार्पेट फेशन सो हुने भएको छ ।सो कार्यक्रम इटहरी स्थित इम्पेरियल लाउन्जमा आज बेलुका ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा र्याम्पमा २० मोडलहरुलाई उर्तान लागिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नायिका केकी अधिकारी र बेनिशा हमाल रहने छन् ।

कार्यक्रमका कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमका अनुसार फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतारिने छ ।

उक्त कार्यक्रममा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने छ ।कार्यक्रममा डिजे रेजिना याख्खा, सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुको गायन रहने छ भने ड्रेस डिजाइनमा क्लासिक कर्भ र द आउटलेट रहने जनाइएको छ । कार्यक्रम म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.