सावित्राको दुई गोल प्रेरित नेपालले चखायो भारतलाई नमिठो हार

२९ माघ ७५, मंगलबार
Share this
711shares

एजेन्सी, माघ २९
हिरो गोल्डकप अन्तर्गत कलिंगा रंगशालामा भएको दोस्रो खेलमा नेपालले भारतलाई २–१ ले स्तब्ध बनायो । नेपालको जितमा २ वटै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यससँगै भारतको सिनियर महिला टोलीविरुद्ध नेपालले इतिहासमै पहिलोपटक जित दर्ता गरेको छ । यसअघि नेपाली महिला फुटबल टिमले भारतलाई कहिल्यै हराउन सकेको थिएन ।

Advertisement

खेलको पाँचौं मिनेटमै नेपालका लागि साबित्राले निकै रोमाञ्चक गोल गरेकी थिइन् । उनले हिराकुमारी भुजेलको लामो पासमा गोल गरेकी थिइन् । उनको शक्तिशाली प्रहार भारतकी गोलरक्षक अदिती चौहानले छोए पनि बचाउन भने सकिनन् ।

पहिलो गोल गरेको दोस्रो मिनेटमै नेपालका लागि साबित्राले नै व्यक्तिगत दोस्रो गोल गरिन् । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ कुनाबाट दिएको क्रस पासमा भारतकी गोलरक्षकले खुट्टामुनिबाट फुत्काएपछि साबिताले खोली पोस्टमा सहजै गोल गरेकी थिइन् ।

Advertisement

साबित्राकै गोलको मदतमा नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा भारतीय टोली सुरुबाटै खेलमा फर्किन संघर्षरत रह्यो । त्यसक्रममा ८४औं मिनेटमा भारतका लागि रतनाबाला देवीले फ्रि किकमा सोझै गोल गरिन् । र, खेल २–१ मा झारिन् ।

नेपाल यसअघि पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको थियो । तर, भारतमाथि जितसँगै नेपाल अब अंक तालिकाको दोस्रो स्थानमा बसेको छ । भारत भने तेस्रो स्थानमा छ । जितपछि नेपालले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । उसले २ वटै खेल जितेर ६ अंक बनाएको म्यानमार सबैभन्दा सिरानमा छ ।

Advertisement

अघिल्लो चरण पुग्न अब अन्तिम खेलमा इरानलाई पराजित गर्नुपर्छ । र, म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरे नेपाल फाइनल पुग्नेछ । यदि भारतले म्यानमारलाई हराएको अवस्थामा भने नेपालको उपाधि यात्रा टुंगिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top