कलको पानी जमेको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु

२९ माघ ७५, मंगलबार
Share this
706shares

इटहरी, माघ २९
सुनसरीको ईनरुवा नगरपालिका–३ कंशमोडामा सोमवार पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ ।पानी जमेको खाल्डोमा डुबेर सोही स्थानका रामदेव मेहेताकी १८ महिनाकी छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

अपरान्ह ४ बजे घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको हो । बालिकाको शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top