इटहरी, माघ २९
सुनसरीको ईटहरी उप–महानगरपालिका–४ माङहिङ टोलमा सोमवार साँझ छुरा प्रहारवाट १ महिलाको मृत्यु भएको छ ।
छुरा प्रहारबाट सोही स्थान बस्ने दिलुलिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ३२ की सोनिया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
राईलाई छुरा हानी हत्या गरेको आरोपमा सोलुखुम्बु देउसा–५ घर भई हाल सोही कोठामा बसेर मजदुरी गर्दै आईरहेका बर्ष ३६ को लाल बहादुर राई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।