विराटनगर, फागुन २
विराटनगरमा बिहिबारदेखि ‘विराट फुड फेस्टा–२०७५’ सुरु भएको छ । भाजु युवराज फाउण्डेसनको आयोजनामा उपभोक्तालाई खानाका विभिन्न परिकारहरुका स्वादको अनुभव प्रदान गर्न ३ दिने ‘विराट फुड फेस्टा–२०७५’ सुरु भएको हो ।
फुड फेस्टाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । सो अबसरमा बोल्दै मेयर पराजुलीले विराटनगरमा प्रर्याप्तस्थलहरु रहेकाले यस्ता कार्यक्रमहरु नियमित हुनुपर्नेमा जोड दिए ।
उनले विराटनगर विभिन्न संस्कृति तथा सम्पदाले भरिपूर्ण रहेकाले तिनको पहिचानका लागि यूवाहरुकै अग्रसरतामा यस्ताखाले कार्यक्रमहरु नियमित गरिनुपर्नेमा जोड दिए ।
उनले हाल विराटनगरमा विकास निर्माणका कामहरु भइरहेको बताउँदै यसले केही समय असहज परिस्थीति हुने बताए । कार्यक्रममा पर्यटन व्यवसायी भविष श्रेष्ठले फुड फेस्टामा थुप्रै परिकारका स्वाद लिन पाइने भएकाले सवैले फुड फेस्टामा आएर स्वादको अनुभव लिन आग्रह गरे । विभिन्न प्रकारका खानाको स्टलहरु राखिएको इभेन्ट म्यानेजर जतिन ताम्राकारले जानकारी दिए ।