×

NEPAL TIMES UPDATES

Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026

घरमै बसेर उच्च शिक्षा

५ फाल्गुन २०७५

काठमाडौँ : जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् ।

उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । ‘म आईसीटी (इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी) प्रति धेरै चासो राख्छु,’ आलेमगर भन्छन्, ‘मेरै विद्यालयमा आईसीटी कक्षा प्रवद्र्धन गर्ने लक्ष्य राखेर पीजीडीई पढ्दै छु । पहिलो सेमेस्टरको नतिजाको पर्खाइमा छु ।’

Advertisement
Advertisement

उनले पढदै गरेको कोर्स नेपाल खुला विश्वविद्यालय (एनओयू) को हो । करिब एक वर्षदेखि यो विश्वविद्यालयमा पठनपाठन भइरहेको छ । सरकारले २०७३ जेठमा प्राध्यापक लेखनाथ शर्मालाई उपकुलपति नियुक्त गरेपछि भौतिक, शैक्षिक, प्राविधिक पूर्वाधार तयार पारेर पठनपाठन सुरु गरिएको हो । सरकारले २०७२ मा नेपाल खुला विश्वविद्यालय ऐन जारी गरेर विश्वविद्यालय स्थापनाको बाटो खोलेको थियो ।

आलेमगर यो विश्वविद्यालय सञ्चालनमा आएपछि पहिलो ब्याचका विद्यार्थी हुन् । उनीजस्तै ६ सय ३१ विद्यार्थी एनओयूमा भर्ना भएर पोस्ट ग्रयाजुएट डिप्लोमा, मास्टर्स र एमफिलका कोर्स भर्चुअल कक्षामार्फत पढदै छन् । उपकुलपति शर्माका अनुसार पहिलो सेमेस्टरमा भर्ना भएका ६ जनाले बीचैमा पढाइ छाडेका छन् ।

एनओयूअन्तर्गत सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि गरी तीन संकाय छन् । यी संकायअन्तर्गत १५ वटा कार्यक्रम सञ्चालन गरिएको छ । एकवर्षे कोर्सअन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फर्मेसन म्यानेजमेन्ट र पीजीडी इन ई–लर्निङ छन् ।

सामाजिक संकायमा डेढवर्षे एमफिलअन्तर्गत अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र छन् । शिक्षाशास्त्र संकायअन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी, गणित, शिक्षा, स्वास्थ्य र समाज विज्ञान छन् । दुईवर्षे कोर्समा मास्टर्स इन ई–गभर्नेन्स पढाइ भएको छ भने डेढवर्षे एमफिल इन आईसीटी पढाइन्छ ।

६ महिनाको एक सेमेस्टर हुन्छ । एकवर्षे कोर्स पढ्नेले कम्तीमा ३० क्रेडिट आवरको दुई सेमेस्टर पढेर परीक्षा दिनुपर्छ । दुईवर्षे कोर्सले ६३ क्रेडिट आवर र एमफिल आईसीटीको ३९ क्रेडिट आवर छ । ‘दैनिक विद्यालय जाने, विद्यार्थीलाई पढाउने काम जारी छ,’ दोस्रो सेमेस्टर पढदै गरेका आलेमगर भन्छन्, ‘चाहेको विषय घरमै बसेर पढ्न पनि पाएको छु ।’

घरकै कोठामा बसेर भर्चुअल कक्षामा पढ्नुपर्छ । सेमेस्टरको सुरुमै तीनदिने प्रत्यक्ष कक्षा लिइन्छ । त्यसपछि तालिका बनाइन्छ । हरेक आइतबार, सोमबार र मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म अनलाइनमार्फत् पढाइ हुन्छ । ल्यापटप, डेस्कटप कम्प्युटर वा एन्ड्रोइड मोबाइलमा विश्वविद्यालयबाट कक्षा सञ्चालन गर्न एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) र ‘मुडल एप’ जोडिएको छ । प्रत्येक विद्यार्थीको आफ्नै आईडी र पासवर्ड हालेपछि मुडलमा पाँच विषयको सिलेबस र कोर्सहरू खुल्छन् । विश्वविद्यालयले उपलब्ध गराएको आईडीमार्फत विद्यार्थी जहाँसुकै बसेर पनि तोकिएको समयभित्र कक्षामा उपस्थित हुन सक्छ ।

मुडलभित्रको अनलाइन डिस्कसन फोरम, स्काइप फर बिजनेस, च्याट रुममार्फत विद्यार्थी–शिक्षक कुराकानी गर्छन् । छलफल हुन्छ । अफलाइन सन्देश प्रवाह भइरहन्छ । आलोपालो प्रश्न राख्छन् । जिज्ञासा राख्छन् । पियर रिभ्यु गर्छन् । पियर इभ्यालुएसन हुन्छ । असाइनमेन्ट दिइन्छ, लिइन्छ । हरेकको इन्टरनल असाइनमेन्टबापत ४० प्रतिशत अनलाइन मूल्यांकन हुन्छ । बाँकी ६० प्रतिशतको तोकिएको केन्द्रमा पुगेर लिखित परीक्षा दिनुपर्छ । खुला पढाइ भएकाले विद्यार्थीले सबै विषय एकै सेमेस्टरमा पास गर्नैपर्ने बाध्यता रहँदैन ।

‘दस दिनभित्र होमवर्क असाइनमेन्ट बुझाइसक्नुपर्छ, नत्र एघारौं दिनमा बुझाउँछु भन्न पाउँदैन,’ नेपाली विषयको एमफिलका शिक्षक डा. चूडामणि पाण्डेय भन्छन्, ‘छुटेको असाइनमेन्ट फेरि बुझाउन सक्छन् । कुनै विद्यार्थीले तोकिएको तालिका र समयमा कक्षामा बस्न नपाए छुटेको कक्षाको सबै क्रियाकलाप मुडलभित्र रेकर्ड भएर रहेको भिडियो र अडियोमार्फत पढ्न सक्छन् ।’

खुला विश्वविद्यालयमा पढाउने प्रत्येक शिक्षक र विद्यार्थी प्रविधिमैत्री हुनुपर्छ । कम्प्युटर, इन्टरनेट सुविधा हुनैपर्छ । एउटै विषयमा तीन घण्टाको कक्षा हुन्छ ।

शिक्षक पाण्डेय काठमाडौंमा भाडाको घरमा बस्छन् । तीनमध्ये एउटा कोठामा प्रविधि जडान गरेका छन् । दिनभरि आफ्नो काम गछन् । तोकिएको दिन साँझ प्रविधिमैत्री कोठामा छिर्छन् । तीन घण्टा विद्यार्थी्सित सहजीकरण गर्छन् । ‘खुला छलफल हुन्छ र जाँचसमेत लिइन्छ,’ उनी भन्छन्, ‘कक्षामा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी हुने भएकाले सँगै रहेको भान हुन्छ । साप्ताहिक अनलाइन परीक्षा लिइन्छ । त्यसमा विद्यार्थीले एकअर्काको सार्ने, नक्कल गर्ने कम हुन्छ ।’

भरखरै पढाइ सुरु भएकाले सन्दर्भ सामग्री जुटाउन समस्या रहेको पाण्डेयको अनुभव छ । ‘डिजिटल लाइब्रेरीको अभाव खड्किएको छ,’ उनले भने, ‘विभिन्न कृति आफैंले खोजेर दिने गरेका छौं ।’ एकपटक अनलाइनमा राखिएको सन्दर्भ सामग्री रेकर्ड भएर बस्ने भएकाले आगामी दिनमा त्यही सामग्रीको निम्ति समय खर्चिनु पर्दैन ।

Advertisement

विश्वविद्यालयले ललितपुरको पाटन क्याम्पस, कैलाली बहुमुखी क्याम्पस धनगढी, कोहलपुरको बागेश्वरी क्याम्पस, पोखराको जनप्रिय क्याम्पस र इटहरीको जनता क्याम्पसमा सम्पर्क तथा परीक्षा केन्द्र तोकेको छ । उपकुलपति शर्माका अनुसार कक्षा १२ पास गरेर बसेका विद्यार्थीले क्रेडिटका आधारमा ३ महिने र ६ महिने कोर्स पढ्न पाउँछन् । कोर्सअनुसार न्यूनतम १५ हजारदेखि अधिकतम १ लाख ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top