विराटनगर : एक दशकदेखि सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा कष्टकर रुपमा गुजारा गरिरहेका श्रवणकुमार र लक्ष्मि मण्डलको उद्धार गरिएको छ ।
मानव सेवा आश्रम हेटौँडाले मोरङको बुढगंगा गाउँपालिका– २ मा नहरको डिलमा बसिरहेका श्रवण र लक्ष्मिको उद्धार गरेको हो ।सोमबार उद्दारका लागि मानव सेवा आश्रमका दिवेश गुप्ताको नेतृत्वमा तीनजनाको टोली विराटनगर आएको थियो ।
स्थानीय बुढीगंगा गाउँपालिकाले गाडी उपलब्ध गराई उद्धार गरिएको दुई जनालाई मानव सेवा आश्रम हेटौँडामा राखिने छ ।लक्ष्मी र श्रवणको उपचार र पालनपोषण आश्रमले नै गर्नेछ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
