उदयपुरमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु ,६ घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु ,६ घाइते

उदयपुर, फागुन ८
उदयपुरको त्रियुगा नगरपालिका–१४ मा बुधवार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

साउने–गाईघाट सडक खण्डमा दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरका चालक उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबु बस्ने २७ वर्षीय दुर्गाबहादुर मगर र सोही ट्याक्टरमा सवार रौतामाई गाउँपालिका–५आँपटार बस्ने ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी ट्याक्टरमा सवार रहेका अन्य ६ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको छ उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.