विराटनगर, फागुन ९
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई बिद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक बिद्यालय, हिरक आधारभुत बिद्यालय र जालपा सिंहदेवी आधारभुत बिद्यालयका दुई सय भन्दा बढी बिद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।
समाजसेवामा सक्रिय डा.शर्माले बिद्यालयमै पुगेर गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । डा.शर्माले जालपा सिंहदेवी बिद्यालयका कक्षा १ देखि ४ सम्मका ८४ जना बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरे ।
त्यस्तै हिरक आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ७१ जना बिद्यार्थी र सिंहबाहिनीका कक्षा १ देखि ७ सम्मका ४७ जना छात्रछात्रालाई बिद्यालय पोशाक प्रदान गरेका हुन् ।
सोहि क्रममा बोल्दै डा.शर्माले बिद्यार्थीहरुलाई पोशाक प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिदै गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।