×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट , तीन जना घाइते (फोटो फिचर)

११ फाल्गुन २०७५

काठमाडौँ,फागुन ११
ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।

घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement

 

ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुक अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो ।बम बिस्फोटबाट गेटमा क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

कमलपोखरीमा प्रेसर कुकर बम

कमलपोखरीस्थित आँगन स्वीट्समा पनि शुक्रबार साँझ प्रेसर कुकर बम फेला परेको छ । कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिए ।

नेपाली सेनाको बम डिस्पोजल टाेलीले बम डिस्पाेज गरेकाे हुँदा त्यहाँ भने कुनै क्षति हुन पाएन ।

Advertisement
Advertisement

(तस्वीर : कामिल जमाली)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top