सिमानामा भारतले एकतर्फी बाँध बनाउँदै, १३ सय परिवार डुबानको जोखिममा

Share this
711shares

काठमाडौं : भारतीय पक्षले कैलालीको कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माणको काम थालेको छ। सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि नेपाली भूभागमा रहेका १३ सयभन्दा बढी नेपाली घरधुरी डुबानको उच्च जोखिमा परेको छ।

Advertisement

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी–३ का वडाध्यक्ष कैलाश चौधरीले बताए। अग्लो ठाउँबाट पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएपछि बस्ती डुबानको उच्च जोखिममा परेको  छ।

आफूले पटकपटक सीमामा भारतीय पक्षसँग ड्याम निर्माण नगर्न आग्रह गर्दा नटेरेको नेपाल भारत सम्बन्ध बिस्तार समितिकिा संयोजक तथा वडा नम्बर ५ का विष्णु चौधरीले बताए।, नागरिक दैनिकमा समाचार छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top