एजेन्सी, फागुन १२
अमेरिकामा बन्धुकधारीले गोली हानेर एक नेपालीको हत्या गरेका छन् । बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको गोली हानी हत्या गरिएको हो ।
गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो । उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेको स्थानीय प्रहरीले जनाएको छ । गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन् ।
अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको जनाइएको छन् । बानियाँको नेपाल स्थायी ठेगाना अझै खुलेको छैन । त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलेको विवाद भएको जनाइएको छ ।
ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानी हत्या गरेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ । मृतक घलेका बुबा–आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिङ्गापुरमा रहेको जनाइएको छ ।