एजेन्सी,फागुन १२
भारतको गुजरातस्थित एउटा अस्लाली गाउँ छ । यसको छेउमा रहेको हरियाली चौरमा थुप्रै लंगुर बाँदर खानाको खोजीमा आउँछन् ।बालबालिकाहरु ती बाँदरलाई देखेर भाग्छन्, युवाहरु लखेट्छन् । तर त्यहाँ एउटा अचम्मको कुरा छ,जमालपुर दरवाजाका स्वप्निल सोनी भने त्यहाँ ती बाँदरको लागि खाना बोकेर पुग्छन् ।
उनी हरेक सोमबार बिहान उनी ती बाँदरको लागि १७ सयवटा चपाती (रोटी) बोकेर त्यहाँ पुग्छन् । उनले ती चौरका बाँदरलाइ विगत १० वर्षदेर्खि रोटी बाँडिरहेका छन् ।स्वप्निलको यस्तो काम देखेर सबै दंग पर्छन् । सुरुमा त उनलाई देखेर मान्छेहरु हाँस्थे पनि । पछिल्लो समय चाहीँ स्वप्निलको कामबाट प्रभावित भएर केही युवाले उनलाई साथ दिन्छन् ।
स्वप्निल त्यहाँ बाँदरहरुसँग २ देखि ३ घण्टा रमाइलो समय बिताउँछन् । उनी आफ्नो परिवारका सदस्यलाई पनि सँगै लिएर जान्छन् । अचेल उनको यो पेशा जस्तै बनेको छ । स्वप्निल भन्छन्, ‘अचेल त म पनि ती बाँदरको परिवारकै सदस्य पो हुँ कि जस्तो लाग्छ । वा ती मेरो परिवारका सदस्य हुन् ।’ स्वप्निलको यस्तो काम प्रेरणादायी नै बनेको छ ।