जब भारतीय प्रधानमन्त्री मोदीले कामदारको खुट्टा धोए…(भिडियोसहित)

एजेन्सी,फागुन १२
कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची धाएका छन् ।मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् । ‘स्वच्छ कुम्भ स्वच्छ आभार’ कार्यक्रममा उनले सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेका हुन्।

खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले दुई जना महिलासहित ५ जनाको खुट्टा धोएका थिए।कार्यक्रममा मोदीले खुट्टा धोए, त्यसपछि पुछे, ढोगे अनि खादा ओढाइदिएका थिए।

मोदीले नजिकिँदै गरेको आम निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको बुझिएको छ। भारतीय जनताले पार्टीले मोदीले सफाइ कर्मचारीहरुको खुट्टा धोएको भिडियो ट्विटरमा हालेर प्रचार गरेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top