विराटनगर : महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा पाकिस्तान नआउने भएको छ ।नेपालमा पहिलोपटक आयोजना हुने साफमा ६ वटा देशले मात्रै सहभागिता जनाउनेछन् ।
विराटनगरमा यही फागुन २८ गतेबाट हुने प्रतियोगिताको पाचौँ संस्करणमा सहभागी हुन नसक्ने जानकारी गराउँदै पाकिस्तान पछि हटेपछि ६ वटा देशले मात्रै सहभागिता जनाउने भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र साफले पाकिस्तान बिनाकै पछिल्लो खेल तालिका सार्वजनिक गरेका छन् । पाकिस्तान नआउने भएपछि आयोजक राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सको मात्रै सहभागीता रहने एन्फाका प्रवक्ता एवम् केन्द्रिय सदस्य किरण राईले बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।