सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने

१३ फागुन ७५, सोमबार
Share this
778shares

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ ।

Advertisement

‘हाम्रो तर्फबाट हुनुपर्ने कानुनी लगायतका तयारी पूरा भइसकेको छ’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भन्नुभयो, ‘छिट्टै कम्पनी रजिष्ट्रार कार्यालयमा पब्लिक कम्पनीमा रुपमा दर्ता गराउँदैछौँ । उहाँका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले अझै निर्णय गनै सकेको छैन तर, कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौँ ।

पब्लिक कम्पनीमा रुपान्रण भइसकेपछि एनसेलले सर्वसाधरणमा पनि सेयर जारी गर्नुपर्दछ ।, यो समाचार विश्वास रेग्मीले गोरखापत्रमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top