×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पेनाल्टीले बचायो रियल मड्रिडलाई

१३ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १२
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई विवादास्पद पेनाल्टी गोल र भिएआरको निर्णयले पराजित गरेको छ । नेपाली समय अनुसार रातीको १:४५ मा भएको उक्त खेलमा लेभान्टेलाई उसकै घरमा १–२ ले निराश बनायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा रियलले दुवै गोल पेनाल्टीबाट गरेको थियो । रियलले दुई पेनाल्टी पाएकोमा दोस्रो पेनाल्टी प्रहारको निर्णय विवादास्पद बनेपछि भिएरआर प्रयोग गरिएको थियो, जसमा रियल मड्रिडले राहत पायो ।

Advertisement
Advertisement

रियलका लागि करिम बेन्जेमा र ग्यारेथ बेलले पेनाल्टीमा गोल गरे । खेलमा पहिलो हाफको अन्तिम समयमा रियलले पहिलो गोल पेनाल्टीबाट गरेको थियो । बक्समा लेभान्टेका खेलाडी एनिस बार्ढीले ह्यान्ड बल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसमा बेन्जेमाले गोल गरे ।

तर, खेलको ६०औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गोल गर्दै खेल बराबरी बनाए । खेल त्यसपछि निकै रोमान्चक मोडमा पुग्यो जहाँ ७८औं मिनेटमा रियलले पुनः पेनाल्टी पायो । लेभान्टेका चेक डोकुरलेले कासेमिरोलाई बक्समा फउल रियलले पेनाल्टी पायो । जसमा ग्यारेथ बलले गोल गरे । उनी दोस्रो हाफमा बेन्जेमाको ठाउँमा मैदान छिरेका थिए । उनको गोलपछि रियलले १–२ को अग्रता बनायो ।

त्यसपछि रियल १० खेलाडीमा सीमित भयो । खेल सकिन ४ मिनेट बाँकी छँदा रियलका डिफेन्डर नाचो दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे । यता, लेभान्टेका रुबेन रोचिन पनि ८८औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए ।

Advertisement
Advertisement

खेल दौरान रियललाई दोस्रोपटक पेनाल्टीको मौका दिने रेफ्रीको निर्णयप्रति लेभान्टेले विरोध गरेको थियो । पछि भिएआर प्रयोग गरेपछि सोही निर्णय सही भएको थियो । यो जितपछि रियलले २५ खेलबाट ४८ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा यथावत छ । शीर्ष टोली बार्सिलोनाको खातामा ५७ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको खातामा ५० अंक छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top